Monday, March 2, 2020



खगेन्द्र पराजुली,
१९ फागुन, नवलपुर । 

देबचुलीको दलदलेमा दुध उत्पादक किसानकै सक्रियतामा पञ्चामृत खाँटी दूध डेरी सञ्चालनमा आएको छ । 
कृषक र उपभोक्ताबीच सीधा ब्यवसायमा सम्पर्क बढाउँदै दुबै पक्षको हितलाई प्रमुखतामा राखेर देबचुली १२ मा स्थापना भएको पञ्चामृत दुग्ध उत्पादक कृषक समुहले आज सोमवारबाट डेरी शुभारम्भ गरेको हो । 

ब्यवसायिक दुग्ध उत्पादक एवं पञ्चामृत समुका रामशरण कडरियाले उत्पादक र उपभोक्ता बिचौलियाका कारण मर्कामा परिरहेको बर्तमान अवस्थामा देबचुली नगरपालिका क्षेत्रकै प्रमुख बजार दलदलेमा थालनी गरिएको पञ्चामृत दूध डेरीले दुबै पक्षबीच सीधा सम्पर्क हुने र कृषकलाई कृषि ब्यवसायमा लाग्न उर्जा मिल्ने तथा उपभोक्ताले गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ उपभोग गर्न पाउने बताउनुभयो । 

वडा नम्वर १२ का अध्यक्ष दिनानाथ भुसाल दिनेशका अनुसार सामुहिक रुपमा सञ्चालित मुक्तिक्षेत्र नमूना गाउँ कृषक समूह सहित वडाभित्रका  १५ जना ब्यवसायिक भैसी पाल्ने कृषकको सहभागितामा डेरी सञ्चालनमा आएको हो । 

प्रति किसान १० हजार रुपैयाका दरले शेयरपूजी संकलन गरी प्रथम चरणमा १ लाख ५० हजार रुपैयाको लगानीमा डेरी सञ्चालन गरिएको वडाध्यक्ष भुसालले बताउनुभयो । 


भुसालले मुल्यका हिसावले उत्पादन चुनौतीपुर्ण रहेको बताउँदै दूध उत्पादनमा लागत कम गर्न घाँसको उत्पादनमा वढावा दिने, दाना उत्पादन सम्भाब्यता अध्ययन गर्ने, बजार सुनिश्चितताको प्रयास गर्ने तथा वडाबाट समेत नगरको समन्वयमा नीतिगत तथा आर्थिक रुपमा समेत सहयोग पुर्याई उत्पादनमुलक रुपमा कृषीलाई प्रोत्साहन गर्ने बताउनुभयो । 

पञ्चामृत डेरीबाट दूध तथा दुग्धजन्य उत्पादित बस्तु दही, घ्यू, पनिर, क्रिम र कुराउनी उपलब्ध हुने जनाईएको छ । 

अहिले दैनिक ५ सय लिटर दुध बिक्रीको सामथ्र्य रहेको तथापि तत्कालै वडामै दुध संकलन केन्द्र खोली आम दुध उत्पादकको दुध संकलन गरी दुध उत्पादनलाई वडामा अझ प्रोत्साहन गर्ने तयारी रहेको भुसालले बताउनुभयो । 

बिगतमा उत्पादित दुध दुग्ध सहकारी तथा निजी डेरीहरुमा दिदै आउँदा मुल्यमा बार्गेनिङ, समयमा भुक्तानी नपाईने, जाडो मौषममा दूध लैजान आनाकानी गर्ने जस्ता समस्या रहेकाले पनि यसलाई बिकल्प रोजिएको समुहका अध्यक्ष टीकाराम बसेलले बताउनुभयो । 

पञ्चामृत डेरीले दूधको उपभोग्य मुल्य ९० रुपैया प्रतिलिटर कायम गरेको छ भने कुराउनीको बजार मुल्य ९ सय देखी ९ सय पचास रहेकोमा उपभोग्य मुल्य ७ सय रुपैया प्रतिकेजी कामय गरेको छ । 

डेरीले नियमित दूध लैजाने उपभोक्ताले आफ्नै भाडोमा दूध लगेमा कुपन प्रदान गर्ने र ३० कुपन बरावर १ लिटर दूध सित्तैमा प्रदान गर्ने स्कीम योजना बनाएको छ । 

यसले प्लाष्टिक प्रयोग न्यूनीकरण प्रयासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *