Friday, February 28, 2020



खगेन्द्र पराजुली
१६ फागुन, नवलपुर । 

वरचुली माध्यमिक बिद्यालयमा पढ्ने बालवालिकाले रजस्वला, सरसफाई र प्रक्रियाका बारेमा अभिमुखीकरण तालिम लिएका छन् ।

आज देबचुली १७ स्थित बरचुली माविमा कक्षा ८ मा अध्ययनरत ४० जना छात्र–छात्राले तालिममा सहभागीता जनाएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले जानकारी दिनुभयो । 

वहाँले महिनावारी अर्थात रजस्वाला हुनु प्राकृतिक प्रकृया भए पनि यसको बारेमा अझै पनि समाजमा अन्धविश्वास कायमै रहेकोले बिद्यालय स्तरबाटै गरिएको अभिमुखीकरणले आत्मबिश्वास बढाउने हुदा कार्यक्रम गरिएको बताउनुभयो । 



कपडाबाटै घरमा तयार गर्न सकिने सेनेटरी प्याड बनाउने अभ्यास कक्षा सहित सैद्धान्तिक अभिमुखीकरण तालिमको  सहजीकरण किशोरी अभियन्ता निरुता खत्री, प्रतिमा आचार्य, स्वस्तिका भण्डारीले गरेका थिए ।  

कार्यक्रममा महिनावारीको बेलामा प्रयोग गरने तथा पुन: प्रयोग योग्य सेनेटरी प्याडको तालिम समेत प्रदान गरिएकाले बालिकाले प्रजनन् स्वास्थ्यमा तथा सरसफाईमा ध्यान दिन सकेमा स्वास्थ्यका साथै धन तथा समयको समेत बचत हुने जागृति बाल तथा युवा सरोकार नेपालका कार्यक्रम अधिकृत सविता पंगेनीले बताउनुभएको छ । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *