Friday, February 28, 2020


खगेन्द्र पराजुली
१६ फागुन, नवलपुर । 

गएराती नवलपुरको देवचुली स्थित दलदले– मुण्डे सडकखण्ड अन्तर्गत भित्री सडकमा दुर्घटना हुदा १ जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाईते भएका छन् । 

दलदलेबाट उत्तरतर्फ जाँदै गरेको लु ३ त ४८३३ नम्बरको ट्याक्टर र मुण्डेबाट दक्षिणतर्फ आउँदै गरेको ना ५५ प ३१६४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दलदलेको भाग्यपुरी पुलदेखि २ सय मीटर उत्तरतर्फ दुर्घटना भएको हो । 

दुर्घटनामा परी गम्भीर घाईते भएका  मोटरसाइकलमा सवार २ जनामध्ये चालक गैडाकोट १५ का २१ बर्षीय दिनेश गुरुङको उपचारको क्रममा विहीबार राति नै पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

अर्का घाइते गैंडाकोट १५ कै प्रितम गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकृत मोहनबहादुर खाँणले जानकारी दिनुभएको छ । 

ट्याक्टर, मोटरसाइकल र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानमा राखेको जनाएको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *