देबचुली, २४ माघ ।
राष्ट्रिय युवा परिषद्का प्रशासकिय प्रमुख डा. बाबुराम ढुंगानाले युवालाई स्वदेशमै उद्यमी र स्वरोजगार बनाउने लक्ष्यमा लागिपरेको बताउनुभएको छ ।
प्रशासकीय प्रमुख डा. ढुंगानाले वहाँले परिषद्को पहलमा नेपाल सरकार अर्थ मन्त्रालयद्धारा जारी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्य्विधि संसोधन २०७६ को जानकारी दिने क्रममा राष्ट्रिय युवा परिषद्को बार्षिक कार्यक्रम र भावी योजनाका बारेमा बोल्दै युवालाई सक्षम बनाउन लागेको दावी गर्नुभयो ।
आज देबचुली नगरपालिकाको भीमसेन आदर्श नमूना माबिमा राष्ट्रिय युवा परिषद्को आयोजना तथा जागृति बाल तथा युवा सरोकार नेपालको समन्वयमा नवलपुरमा उद्यमशिलता र स्वरोजगार सम्बन्धी युवा परामर्श कार्यक्रम मा वहाँले यस्तो बताउनुभएको हो ।
परामर्श कार्यक्रममा बोल्दै नवलपुर शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख कृष्णचन्द्र पोखरेलले विद्यालय र विद्यार्थीहरुले समेत परिषद्सँगको सहकार्यमा नमुना उद्यम कार्यक्रमहरु संचालन गरी बिद्यार्थी अवस्थादेखी नै नानीबाबुलाई स्वरोजगारतर्फ अग्रसर हुने बातावरण सिर्जना गर्न सबै सकारात्मक हुनुपर्नेमा जोड दिनुभएको छ ।
त्यस्तै, राष्ट्रिय युवा परिषद् अन्तर्गतको संघ संस्था संजालका अध्यक्ष तिलोत्तम पौडेलले परिषद्ले स्थापनाको ४ वर्षमा नै फ्युचर पोलिसी अवार्ड र वल्र्ड युथ प्राईज प्राप्त गर्न सफल भएकोमा खुसी ब्यक्त गर्दै युवा विद्यार्थीहरुलाई युवा परिषद्को कार्यक्रम सँग जोडिन आग्रह गर्नुभयो ।
१५० जना युवा विद्यार्थीहरुको सहभागिता रहेको परामर्श कार्यक्रमको अध्यक्षता बिद्यालयका प्रधानाध्यापक नरदेव न्यौपानेले गर्नुभएको थियो ।
परामर्श कार्यक्रमको सञ्चालन जागृति बाल तथा युवा सरोकार नेपालका महासचिब दिपक शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा देबचुली नगरपालिकाको शिक्षा शाखा अन्तर्गत शैक्षिक पाठ्यक्रम बिशेषज्ञ होमनाथ जैसी, विद्यार्थी प्रतिनिधि तथा किशोरी अभियान्त लक्ष्मी काफ्ले, परिषद्का श्यामकाजी खत्री र क्यानालनका दिपक बस्याल लगायतले बोल्नुभएको थियो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment