खगेन्द्र पराजुली,
माघ २२, नवलपुर ।
देवचुली नगरपालिकाको बिकट पहाडी गाउँ वडा नं ५ को बन्दिपुरका स्थानीयले तीन दिने स्वास्थ्य शिबिरबाट स्वास्थ्य सेवा तथा परामर्श प्रााप्त गरेका छन् ।
सोमवारदेखी आज बुधवारसम्म सञ्चालन गरिएको शिबिरबाट १ सय १६ जना लाभान्वित भएको देवचुली नगर स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शिबिरमा ज्येष्ठ नागरिक, अपाङ्ग, महिला तथा बालबालिकाहरु लक्षित भनिएपनि सेवा र परामर्श लिन आएका सबैलाई सेवा प्रदान गरिएको नगर स्वास्थ्य शाखाका वरिष्ठ अहेव शिव पराजुलीले जानकारी दिनुभयो ।
शिबिरमा दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रकी डा. आरती श्रेष्ठ लगायत नगरभित्रका सरकारी स्वास्थ्य संस्थाका कर्मचारी सहित स्वास्थ्य शाखाका कर्मचारी, स्थानीय स्वयंसेबिका लगायतले सेवा प्रदान गरेका थिए ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment