Wednesday, February 5, 2020


खगेन्द्र पराजुली, 
२२ माघ, नवलपुर । 

संमृद्धिको बाधक भ्रष्टाचारको अन्त्य गर् राष्ट्रघाती नागरीकता बिधेयक खारेज गर् भन्ने मूलनाराका साथ अखिल नेपाल युवक संघ केन्द्रिय समितिले आयोजना गरेको पन्ध्र दिने मेची–महाकाली अभियानमा सहभागी टोली आज नवलपुर आईपुगेका छन् । 

नवलपुरको कावासोतीस्थित फलफुलचोकमा अभियानका सहभागीलाई राष्ट्रिय जनमोर्चा नेपाल नवलपुरले स्वागत गरेको छ । 

स्वागतका क्रममा आयोजित कोणसभामा बोल्दै जनमोर्चाका नवलपुर जिल्ला अध्यक्ष दीपक पाण्डेले २ बर्षको अवधिमा सरकारले जनपक्षीय कार्यक्रम ल्याउन नसकेको आरोप लगाउँदै बरु देशमा भ्रष्टाचार झन् बढेको र बिवादित बिषय एमसीसीमा सरकार फसेको जिकिर गर्नुभयो । 

वहाँले देशमा रहेको कम्युनिष्टको २ तिहाईको सरकारले भारतसँग जोडिएको नेपाली भूभागको सीमा अतिक्रमणको बिषयमा सरकार गम्भीर हुन नसकेकाले समेत राष्ट्रिय स्वाधिनता, सामाजिक न्याय र युवा अधिकारका लागी संघर्ष सहित मेची महाकाली खवरदारी अभियान गर्नुपरेको बताउनुभयो । 

अखिल नेपाल युवक संघ केन्द्रिय समितिले गत १५ गते कञ्चनपुरको महेन्द्रनगरबाट थालनी गरेको खवरदारी अभियान आज बुधबार  बुटबलबाट छुटेपछि देबदहको खैरहनी, सुनवल, परासी, बर्दघाट, दुम्किबास सहित कावासोतीमा कोणसभा सहित छोटो साँस्कृतिक कार्यक्रम गरेको छ । 

आज बुधवार आठौ दिनको बास गैंडाकोट स्थित अमरापुरीमा रहने सोही क्रममा अमरापुरीमै साँस्कृतिक सभा समेत हुने जनाईएको छ । 

संघका केन्द्रिय अध्यक्ष अनिलकिशोर घिमिरेको नेतृत्वमा २८ जना खवरदारी अभियानमा नियमित सहभागी रहेको अभियानमै सहभागी अखिल नेपाल युवक संघ केन्द्रिय कोषाध्यक्ष एवं गण्डकी प्रदेश ईन्चार्ज भिमसेन बनले जानकारी दिनुभयो । 

माघ १५ देखि पश्चिमबाट शुरु भएको अभियान माघ २९ गते पूर्बको काकडभित्तामा पुगेर समापन हुने समेत वहाँले जानकारी दिनुभयो । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *