२२ माघ, नवलपुर ।
किशोरीमाथी हुने असमानता, हिंसा र दृव्र्यवहारको अन्त्यको लागि किशोरीका अभिभावकहरु जागरुक भए मात्र न्युनिकरण संभव हुने देबचुलीका सरोकारवालाहरुले बताएकाछन् ।
देवचुली नगरपालिका वडा नंं. ११ र जागृति बाल तथा युवा सरोकार नेपालद्धारा आज बुधवार संयुक्त रुपमा संचालीत सरोकारवालाहरुको छलफल कार्यक्रममा देवचुली नगरपालिका बालमैत्री नगरको रुपमा समेत चिनिएकोले यहाँका बालबालिकाहरुले पाउनुपर्ने हक, अधिकार पाएका छन् तथापी लागुऔषध दृव्र्यसन र खुलम खुल्ला रुपमा विक्रि वितरण हुनाले बालबालिकाहरुमा नकारात्मक असर परेको भृकृटी बोडिंग स्कुलका प्रिन्सिपल ढाकाराम भट्राईले बताउनुभयो ।
वहाँले यसको रोकथाम र न्यूनिकरणमा स्थानीय जनप्रतिनिधी नै यहाँको सरकार भएकोले नीति निर्माण गरी कार्यान्वयनतर्फ जोड दिन आग्रह गर्नुभयो ।
त्यस्तै महिला अधिकारकर्मी बिमला अधिकारीले किशोरीहरुमाथी हुने गरेका असमान ब्यवहारको अन्त्यको लागि किशोरीहरुलाई तालिम सञ्चालन गरी उनीहरुको मार्फतबाट अभिभावक समुदायमा सन्देश फैलाउन सके यसको प्रभावकारीता हुने बताउँदै यसको लागि स्वयम किशोरीमा आधारीत कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
किशोरकिशोरीको उमेरमा नै शारीरिक, मानसिक, संवेगात्मक र अन्य विभिन्न खालका परिवर्तनहरु आउने हुदा उनीहरुलाई सही समयमा मनोसामाजिक परामर्श आवश्यकता पर्ने भएकोले स्वास्थ्य संस्थाबाट कार्यक्रम सञ्चालन गरिने बताउँदै यसको लागि समन्वय गर्नको लागि प्रगतिनगर स्वास्थ्य चौकीका अहेव लिला डुम्रे भुसालले आग्रह गर्नुभयो ।
देवचुलीमा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत सवै वडामा सरोकारवालाहरुसँगको छलफलको आयोजना गरी किशोरीे क्षमता अभिबृद्धी र किशोरी अधिकारको बारेमा जानकारी प्रदान गर्दै किशोरीमैत्री देवचुली नगरको लागिे अभियान सुरु गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका सविता पंगेनीले बताउनुभयो ।
कार्यक्रममा वडा भित्रका युवाक्लव, आमा समुह, जनप्रतिनिधी, बालक्लव, विद्यालय, स्वास्थ्य संस्थाबाट प्रतिनिधीमुलक रुपमा ६० जनाको उपस्थिती रहेको थियो ।
छलफल कार्यक्रम देवचुली नगरपालिका नगर कार्यपालिका सदस्य शकुन्तला गुरुँगको अध्यक्षता तथा ११ नम्वर वडाका अध्यक्ष रमेश ठाडामगरको प्रमुख आतिथ्यतामा भएको थियो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment