Saturday, January 25, 2020



खगेन्द्र पराजुली
११ माघ, नवलपुर । 

जिल्ला खेलकुद बिकास समिति नवलपुरले खेलाडी सम्मान गरेको छ ।नेपाल तेक्वान्दो संघ अन्तर्गतका खेलाडीद्वय गुनबहादुर थारु र धनराज डगौरालाई जिल्ला खेलकुद बिकास समिति नवलपुरले सम्मान गरेको हो । 

गत पौष ११, १२ र १३ गते भारतको वेष्ट बंगालको आसानसोलमा सम्पन्न प्रथम खुल्ला अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१९मा नेपालका तर्फबाट नवलपुरबाट प्रतिनिधित्व गरेका २ जना खेलाडीलाई जिल्ला खेलकुद बिकास समिति नवलपुरले आज समितिको कार्यालयमै सम्मान गरेको हो । 

नेपालबाट ६५ खेलाडीले सहभागिता जनाएको सो प्रतियोगितामा भारत, भुटान, बंगलादेश लगायतका खेलाडीहरुले भाग लिएका थिए । जसमध्ये नवलपुरबाट नेपाल तेक्वान्दो संघ अन्तर्गतका खेलाडीद्वय गुनबहादुर थारु र धनराज डगौराले प्रतिस्पर्धामा भाग लिएका थिए । 

आज सम्मानित भएका थारुले तेक्वान्दोको ग्यरोगी खेलतर्फ प्रथम हुदै स्वर्ण पदक जितेका थिए भने पुम्सेतर्फ दोस्रो भएर रजत पदक जितेका थिए । 

अर्का नवलुरकै खेलाडी धनराज डगौराले ग्यरोगीतर्फ तेस्रो हुदै कास्य पदक र पुम्सेतर्फ पनि कास्य पदक हात पारेका थिए । 

पदक बिजेता खेलाडीलाई सम्मान गर्दै जिल्ला खेलकुद बिकास समिति नवलपुरका अध्यक्ष बिकास केसीले नवलपुरबाट प्रतियोगितामा प्रतिनिधित्व गर्ने खेलाडीहरु अनुशासित साथ अन्तराष्ट्रिय प्रतियोगितामा प्रदर्शन गरेको खेल र नजिता दुबैले नवलपुरको खेल ईतिहासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । 

सम्मान कार्यक्रममा जिल्ला खेलकुद बिकास समिति नवलपुरका कोषध्यक्ष एवं तेक्वान्दो संघ, नवलपुरका अध्यक्ष राजु भुसालको समेत उपस्थिति रहेको थियो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *