Friday, January 17, 2020


खगेन्द्र पराजुली, 
३ माघ, नवलपुर । 

प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले महिलाको स्वास्थ्य र सरसफाईका क्षेत्रमा नौलो कार्यक्रमको शुरुवात गरेको छ ।

 समाजमा महिलाको प्रजनन् अंगको स्वास्थ्य सुरक्षाका निम्ति लजाउने र धक मान्ने अवस्था रहे पनि संस्थाले भने महिला कर्मचारी तथा खानेपानी संस्थाको कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका लागी कार्यालयबाटै निशुल्क सेनेटरी प्याडको ब्यवस्था गरेको हो । 

संस्थाका अध्यक्ष खिमानन्द भुसालले देबचुली नगरपालिका अन्तर्गत रहेको प्रगतिनगरले नवीनतम् र सकारात्मक प्रयोगहरु यसअघि पनि गर्दै आएको फलस्वरुप सरसफाईका क्षेत्रमा नेपालकै पहिलो खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सफल भएको र्ईतिहास रहेकाले यसलाई सकारात्मक ढंगबाटै सबैले ग्रहण गर्नेमा बिश्वस्त हुनुहुन्छ । 

यसैगरी देबचुली नगरपालिका बालमैत्री नगरपालिका भैसकेको, नगरपालिकालाई किशोरीमैत्री र महिलामैत्री बनाउने लक्ष्य नगरपालिकासँग पनि रहेकाले नगरपालिकाको लक्ष्यलाई समेत यो खानेपानी तथा सरसफाई संस्थाको सरसफाई अन्तर्गतको कार्यक्रम भए पनि लक्ष्य र अभियानमा सहयोगी हुने दावी गर्नुभयो । 

युवा, किशोरी तथा वालबालिकाकाका क्षेत्रमा क्रियाशील जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव  दीपक शर्माले खानेपानी संस्थाले शुरु गरेको यो प्रयासले आफूहरुको अभियानमा उर्जा मिलेको बताउनुभयो । वहाँले यसअघि आफूहरुको अभियान बिद्यालय लक्षित किशोरीसम्म पुगेकोमा अव यो घर–घरमा अभिभावकसम्म पुग्ने बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *