Thursday, January 16, 2020


खगेन्द्र पराजुली, 
२ माघ, नवलपुर । 

सामुदायिक बिद्यालयतर्फ नवलपुरकै अग्रणी भीमसेन माबिमा आज अभिभावक परामर्श कार्यक्रम सम्पन्न भएको छ । 

बिद्यालय स्थापनाको ५० औं बर्ष पुरा भएको सन्दर्भ पारेर १६ दिने स्वर्ण जयन्ती उत्सव अन्तर्गत जारी अभिभावक, शिक्षक, बिद्यार्थी, गृहीणी, सामाजिक संघसंस्था, अन्तर बिद्यालय, नगर, जिल्ला स्तरीय प्रतियोगिातात्क कार्यक्रम अन्तर्गत दैनिकी कार्य–तालिका अनुसार बिद्यालयबाट प्रदान गरिने शैक्षिक स्तर बृद्धि र बिद्यार्थीले अभिभावकबाट अपेक्षा राख्ने साईकोलोजिकल प्रभावका प्रसंग सहित अन्तरक्रियात्मक तथा अभिमुखीकरणात्मक परामर्श भएको बिद्यालयका प्रधानाध्यापक नरदेब न्यौपानेले जानकारी दिनुभयो ।


परामर्श कार्यक्रममा परामर्शदाता डि आर पराजुलीले बालबालिकाको मनो–मस्तिष्क, बालबालिकासँग अभिभावकले गर्नुपर्ने ब्यवहार, घर–परिवार, समाज र बिद्यालयबाट प्रदान गरिने शिक्षा–दिक्षा र नैतिक संस्कारका मूल बिषयका प्रसंगमा केन्द्रित रहेर प्रशिक्षण शैलीमा बताउनुभयो । 

कार्यक्रममा कक्षा ८ देखी १०सम्मका विद्यार्थीका करीव १ सय ५० अभिभावकको उपस्तिथि रहेको थियो । कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसालले गर्नुभएको थियो भने सहजीकरण बिधालयका शिक्षक डोलराज सापकोटाले गर्नुभएको थियो ।

आज छैठौं दिनका तालिका अनुसार अन्तर बिद्यालय स्तरीय छात्र–छात्रा भलिवलका साथै अन्य आन्तरीक खेलकुदका क्रियाकलाप भएका छन् । 

भोली नगरपालिका स्तरीय आधारभूत तहका बिद्यार्थीबीचको नृत्य प्रतियोगिता र बिद्यालयलाई जंक फूड निषेध नै गर्ने उदेश्यले बिद्यार्थीबाटै तार पारिएका बिभिन्न खाना तथा खाजाका परिकारहरु सहितको फुड फेस्टिवल हुनेछ । भोली शुक्रवारदेखि हुने फुड फेस्टिवल आईतवारसम्म ३ दिन हुने उल्लेख छ ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *