खगेन्द्र पराजुली,
२५ पौष, नवलपुर ।
देबचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाल भुसालले अव सहकारीले ठूला खाले बैंकको सेवा दिनसक्ने हैसियत राख्नुपर्ने बेला भएको बताउनुभएको छ ।
प्रगतिनगरमा केन्द्रीय कार्यालय रहेको नवप्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्थाको २२ औं बार्षिकोत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रमको समापन तथा बार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत भुसालले यस्तो हैसियत प्राप्त गर्न सेवा क्षेत्रमा छरिएका एउटै उदेश्यका सहकारी संस्थाहरुको एकिकरणमा जोड दिन आग्रह गर्नुभयो ।
फरक प्रसंगमा वहाँले देबचुली नगरपालिकालाई पूर्ण रुपमा अर्गानिक कृषि उत्पादनको क्षेत्र बनाउन लागेकाले यो बिषयमा सबैले ध्यान पुर्याईदिन आग्रह गर्नुभएको छ ।
संस्थाको केन्द्रीय कार्यालय परिसरमा आयोजित समारोहमा आजै अन्तर आमा समूह हाजिरी जवाफ प्रतियोगिता सँगै सम्मानका कार्यक्रम सहित साप्ताहिक कार्यक्रम समापन गरिएको हो ।
हाजिरी जवाफ प्रतियोगितामा संस्थाका सेवा क्षेत्र देबचुली र कावासोतीका गरी १४ समुहको सहभागिता रहेको थियो । जसमध्ये, देबचुली १५ को पशुपति कल्याणकारी आमा समूह प्रथम, देबचुली १० को मिलन आमा समूह द्वितीय र देबचुली १५ कै नेपाल आमा समुह तृतीय भएका छन् ।
सम्मानका कार्यक्रम अन्तर्गत संस्थामा आवद्ध शेयर सदस्यका सन्ततीमध्येबाट गत शैक्षिक सत्रमा एसईईमा सर्बोत्कृष्ट नजिता ल्याउन सफल छात्र–छात्रा सम्मान, नावालक बचतकर्ता सम्मान अन्तर्गत धेरै बचत गर्ने बाल बचतकर्ता, कर्मचारी प्रोत्साहन अन्तर्गत उत्कृष्ट कर्मचारी सम्मान, असल ब्यवसायी सम्मान, असल ऋणी सम्मान, असल बचतकर्ता सम्मान तथा अपाङ्गता अन्तर्गत फरक क्षमता भएका शेयर सदस्य प्रोत्साहन सम्मान, ज्येष्ठ नागरीक शेयर सदस्य सम्मान कार्यक्रम अन्तर्गत रहेर संस्थाले सम्मान गरेको छ ।
सञ्चालक समितिका अध्यक्ष मानसिङ खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कुश्माखर काफ्लेले गर्नुभएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष देबेन्द्र भटराईको रहेको थियो ।
संस्थाले साप्ताहिक गतिबिधि अन्तर्गत गत शनिवार पिठौली सेवा केन्द्र उद्घाटनका अवसरमा गरीव तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण, बुधबार खुल्ला रक्तदान कार्यक्रम, बिहीवार प्रगतिनगर बजार क्षेत्र सरसफाई कार्यक्रम गरेको हो ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment