Friday, January 10, 2020


खगेन्द्र पराजुली, 
२५ पौष, नवलपुर । 

जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेले देश बनाउने सामथ्र्य युवाहरुमा रहेकोले राज्यले पनि युवाहरुबाट ठूलो अपेक्षा बोकेको बताउनुभयो । 

वहाँले राज्यले युवाहरुबाट यस्तो अपेक्षा गरिरहदा युवाहरुका लागी राज्यले पनि स्वदेशमै अवसरहरु प्रदान गर्नुपर्ने धारणा राख्नुभयो । 

आजबाट नवलपुरको कावासोतीमा सामाजिक रुपान्तरणका लागी युवा भन्ने नारा सहित शुरु भएको २ दिने चौथो नवलपुर युवा सम्मेलनमा प्रमुख अतिथिका रुपमा रहनुभएका आलेले नवलपुरमा युवा शक्तिले नै युवालाई बिकास र संमृद्धिको मूलप्रवाहमा ल्याउन सक्ने दावी गर्नुभयो । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक गणेशबहादुर नराल र रोटरी क्लव अफ कावासोतीका अध्यक्ष एवं समाजसेवी भरत पोख्रेलले युवा लक्षित मोटिभेसन सहितका मन्तब्य राख्नुभएको थियो । 

वातावरण जनजागरण विकास मन्चका अध्यक्ष सुधन लम्सालको सभापतित्वमा सञ्चालित सम्मेलन भोलीसम्म चल्ने जनाईएको छ । 

कार्यक्रमको आयोजना हरियाली सस्था र वातावरण जनजागरण विकास मन्चले गरेको हो । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *