Friday, January 10, 2020



खगेन्द्र पराजुली, 
२५ पौष, नवलपुर । 

मानव अधिकार तथा शान्ति समाज जिल्ला कार्य समिति नवलपुरले नेपाल सरकारले भारतवाट अतिक्रमित नेपाली भु–भागका बिषयमा स्वेतपत्र जारी गर्न आग्रह गरेको छ । 

आज नवलपुर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमंत्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारलाई श्वेतपत्र जारी गर्न आग्रह गर्दै समाजले ज्ञापन पत्र बुझाएको हो । 

ज्ञापन पत्रमा सर्बप्रथम प्रधानमंत्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । ज्ञापन पत्रमा भारतले केही महिना अघि प्रकाशन गरेको भारतको राजनैतिक नक्शामा नेपाली भु–भाग लिपियाधुरा, लिपुलेक र कालापानीलाई समावेश गरेको घटनाले नेपालको सार्बभौमसत्तामाथी प्रहार हुनुका साथै नेपाली स्वाभिमानमा आहत भएको उल्लेख छ । 

ज्ञापन पत्रमा नेपाली भु–भाग अतिक्रमणको बिरोध र अतिक्रमित भुमिवाट भारतीय सेना फिर्ता गर्ने सम्वन्धमा कुटनैतिक, राजनैतिक, र सरकारी स्तरवाट ब्यापक पहल हुनुका साथै भारतका प्रधानमंत्रीसँग छलफल अगाडी बढाउन प्रधानमंत्री ओलीसमक्ष आग्रह गरिएको छ ।साथै यो संबेदनशील बिषय पनि भएकाले नेपाल सरकारले कुटनैतिक र राजनैतिक तवरमा गरेका अहिलेसम्मका पहल सहितको सम्पूर्ण बिवरण समाबेश गरी श्वेतपत्र जारी गर्न आग्रह गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय नवलपुरको सभाहलमा समाजका नवलपुर सभापति माधबप्रसाद पौडेलले निमित्त प्रशासन अधिकारी चुडामणी शर्मा गौतमलाई ज्ञापन पत्र बुझाउनुभएको हो । 

ज्ञापन पत्र बुझाउनु अघि मानब अधिकार तथा शान्ती समाजका केन्द्रिय सचिव एवं गण्डकी प्रदेश प्रमुख श्यामसुन्दर पराजुलीले ज्ञापन पत्र बाचन गर्नुभएको थियो । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *