Sunday, January 5, 2020


खगेन्द्र पराजुली, 
२० पौष, नवलपुर । 

नवप्रगति पृथ्बी साकोसले रक्तदान सहित बिबिध कार्यक्रम गर्ने भएको छ । 

संस्था स्थापनाको २२ औं बार्षिकोत्सवको अवसरमा साप्ताहिक कार्यक्रम अन्तर्गत रक्तदान सहित सरसफाई र बिभिन्न बिधामा सम्मानका साथै अन्तर आमा समूह हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिने सहकारी संस्थाका अध्यक्ष मानसिङ खत्रीले जानकारी दिनुभयो । 

अध्यक्ष खत्रीका अनुसार यही पौष २३ गते बुधबार रक्तदान कार्यक्रम, २४ गते बिहीवार प्रगतिनगर बजार क्षेत्र सरसफाई कार्यक्रम गरिने बताउनुभयो । 

त्यस्तै, २५ गते शुक्रवारका दिन अन्तर आमा समूह हाजिरी जवाफ प्रतियोगिता सँगै सम्मानका कार्यक्रम सहित साप्ताहिक कार्यक्रम समापन गरिने जानकारी दिनुभयो । 

नव प्रगति पृथ्वी साकोस सञ्चालक समितिका उपाध्यक्ष देबेन्द्र भटराईका अनुसार सम्मानका कार्यक्रम अन्तर्गत संस्थामा आवद्ध शेयर सदस्यका सन्ततीमध्येबाट गत शैक्षिक सत्रमा एसईईमा  सर्बोत्कृष्ट नजिता ल्याउन सफल छात्र–छात्रा सम्मान, नावालक बचतकर्ता सम्मान अन्तर्गत धेरै बचत गर्ने बाल बचतकर्ता, कर्मचारी प्रोत्साहन अन्तर्गत उत्कृष्ट कर्मचारी सम्मान, असल ब्यवसायी सम्मान, असल ऋणी सम्मान, असल बचतकर्ता सम्मान तथा अपाङ्गता अन्तर्गत फरक क्षमता भएका शेयर सदस्य प्रोत्साहन सम्मान कार्यक्रम गरिने जानकारी दिनुभयो । 

संस्थाले साप्ताहिक गतिबिधि अन्तर्गत शनिवार पिठौली सेवा केन्द्र उद्घाटनका अवसरमा गरीव तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिसकेको बताउनुभयो ।  



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *