Saturday, January 4, 2020


खगेन्द्र पराजुली, 
१९ पौष, नवलपुर । 

अभय बि.क. उपचार सहयोग समितिले उपचारका लागी जुटेको सहयोग प्रदान गरेको छ । 

देबचुली नगरपालिका वडा नम्वर १५ सालघारी स्थित सुकुम्वासी बस्तीमा बस्दै आएका राम बहादुर बि.क. अजय र दलमाया बि.क.का ९ बर्षका छोरा अभय बि.क.को उपचारमा यसअघि पनि सघाउँदै आएको सहयोग समितिले आज पुनः एक पटकको किमोथेरापीमा लाग्ने खर्च बरावरको ७ हजार ५ सय रुपैंया प्रदान गरेको हो भने बिरामीको अझै किमोथेरापी गर्न बाँकी ९ पटकसम्मको उपचारमा लाग्ने ६७ हजार ५ सय रुपैंया सहयोग समिति मार्फत प्रदान गर्ने प्रतिवद्धता अभय बि.क. उपचार सहयोग समितिका प्रमुख सल्लाहकार एवं देबचुली १२ का वडाअध्यक्ष दिनानाथ भुसाल दिनेशले गर्नुभयो । 

वहाँले यसअघि पनि नवलपुरका २१ जना मृगौला, मुटु रोगी तथा क्यान्सर पिडितलाई चन्दामार्फत सहयोग जुटाएर  उपचारमा मदत पुरयाएको बताउँदै मृगौलाको क्यान्सरबाट पिडित अभयको उपचारमा पनि यसरी नै सहयोग गर्ने प्रष्ट्याउनुभयो । 

अभयलाई गत जेठमा मृगौलामा क्यान्सर भएको थाहा भएपछि एउटा मृगौलामा संक्रमण फैलिएका कारण अर्कोमा सर्ने खतरा बढेकाले अप्रेशन गरी एउटा मृगौला निकालिएको बिरामीकी आमा दलमाया बि.क.ले बताउनुभयो । 

अहिले बिरामीलाई ३ हप्ताको फरकमा भरतपुरस्थित क्यान्सर अस्पतालमा किमोथेरापी भईरहेको छ । अभयको १–१ हप्ताको फरकमा १२ पटक र ३ हप्ताको फरकमा ४ वटा किमोथेरापी भईसकेको अभय बि.क. उपचार सहयोग समितिका अध्यक्ष एवं अभयको शैक्षिक अभिभावकत्व ग्रहण गर्नुभएका जीवन श्रेष्ठले बताउनुभयो । 

मृगौला क्यान्सर पिडित बालक सालघारीकै कक्षा २ मा अध्ययनरत छन् । समितिले बालकको उपचारमा बाधा नपुगोस् र उपचार प्रयोजनमा संकलन भएको सहयोग अन्य शिर्षकमा दुरुपयोग नहोस् भनेर प्रत्येक किमोथेरापीको समयमा ७ हजार ५ सय रुपैंयाका दरले परिवारलाई प्रदान गर्ने जनाएको छ । 

अभयको भोली आईतवार नै १७ औं किमोथेरापी हुने परिवारले जनाएको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *