खगेन्द्र पराजुली,
८ जेठ, नवलपुर ।
देबचुली नगरपालिकामा आज ६३ जनाको र्यापिड डाईग्नोष्टिक टेष्ट आरडीटी भएको छ । द्रुत परीक्षण बिधिबाट भएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखा देबचुलीका प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो ।
शाखा प्रमुख श्रेष्ठका अनुसार आज बिहीवार परीक्षण हुनेमा नगरपालिका अन्तर्गत खटिएका प्रहरी, ससस्त्र प्रहरी, जनपद प्रहरी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, नगर प्रहरी, फोहोर ब्यवस्थापनका कर्मचारी र सञ्चाकर्मीको आरडीटी किटबाट कोरोना परिक्षण भएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा र अन्य स्वास्थ्य चौकीहरुमा भएको परीक्षणमा अस्थायी प्रहरी चौकी दलदलेमा कार्यरत २ जना प्रहरी, औधोगिक सुरक्षा बेश क्याम्प दलदलेका ससस्त्र प्रहरी ५ जना र जनपद प्रहरी ७ जना, नगर प्रहरी २ जना, एम्बुलेन्स चालक ८ जना, फोहोर ब्यवस्थापनका कर्मचारी ४ जना, स्वास्थ्यकर्मी २५ जना र जिल्ला
प्रशासन कार्यालयबाट सिफारीस भई आएका देबचुली पायक पर्ने १० जना सञ्चारकर्मीको आरडीटी जाँच भएको स्वास्थ्य शाखाले जनाएको छ ।
देबचुली नगरपालिकामा आज गरिएका ६३ आरडीटी सहित हालसम्म जम्मा २ सय ३९ आरडीटी नमुना परिक्षण भएका छन् ।
यहाँ परीक्षण भएका आरडीटीका सबै नमूनाको रिपोर्ट नेगेटिभ रहेका छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment