खगेन्द्र पराजुली,
७ जेठ, नवलपुर ।
देबचुलीबाट आज संकलन गरी पठाइर्एका १२ जनाको स्वाव नमूना परीक्षण गर्दा नेगेटिभ देखिएको छ ।
हिजो कोरोना पुष्टि भएकी महिलाको सम्पर्कमा रहेकाहरुको पिसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले बताउनुभयो ।
त्यस्तै, जेठ १ गते कोरोना पोजेटिभ देखिएपछि भरतपुर कोरोना अस्पतालको आईशोलेसनमा रहेका देबचुली १२ का ४९ बर्षका पुरुषको १ हप्तामा गरिएको दोस्रो पिसीआर रिपोर्ट भने पोजेटिभ आएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment