खगेन्द्र पराजुली,
७ जेठ नवलपुर ।
नेपालमा आज थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज बुधबारको नियमित अपडेटका क्रममा मन्त्रालयका प्रबक्ता डा. बिकास देबकोटाले ती संक्रमितको पुष्टि गर्नुभएको हो ।
संक्रमित हुनेमा नवलपरासी पश्चिम सुस्ता का २६ बर्षका पुरुष सहित २५ जना रहेका छन् ।
जसअनुसार बाँके जिल्लामा नरैनापुरका ५ जना र खजुराका १ जना गरी ६ जना, धनकुटाका स्थानीय ५ जना, कपिलबस्तु बिजयनगर क्वारेन्टाईनका ३ जना र महाराजगञ्जका १० जना गरी १३ जना सहित जम्मा २५ जना नयाँ संक्रमित पुष्टि भएका हुन् ।
आज संक्रमण पुष्टि हुनेमा ३ देखी ४८ बर्षका ब्यक्तिहरु छन् भने महिला ७ जना र १ जना ३ बर्षका बालक सहित १८ पुरुषमा संक्रमण भेटिएको छ ।
अहिलेसम्म थप २५ सहित नेपालमा जम्मा ४ सय २७ जना कोरोना संक्रमित भेटिएका छन्
।
।
संक्रमितमध्ये ३ सय ५८ पुरुष र ६९ महिला छन् ।
आजै कोशी अस्पतालबाट उदयपुरका ८ जना स्वास्थ्यलाभ गरी डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ४५ पुगेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment