खगेन्द्र पराजुली,
७ जेठ, नवलपुर ।
देबचुलीमा संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका २ जनाको आरडी परीक्षण नेगेटिभ आएको छ ।
हिजो काठमाण्डौमा संक्रमण पुष्टि भएकी २४ बर्षकी महिला आफ्नो माईती घरमा १० दिन बसेको खुलासा भएपछि आज बिहानै सो ठाउँलाई सिल गरी सम्पर्कमा रहेका परिवार सहितका १२ जनालाईस्वास्थ्यकर्मीले सम्पर्कमा लिई गरिएको परीक्षणमा संक्रमितको आमा र वहिनीको आरडीटी परिक्षण गर्दा नेगेटिभ रहेको नगर स्वास्थ्य शाखा देबचुलीका प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो ।
वहाँका अनुसार १० दिनसम्म माईतीमा रहदा आमा र वहिनीसँग पटक पटक प्रत्यक्ष सम्पर्कमा रहेको र घरायसी काममा तथा सुत्ने ठाउँ समेत आमा र वहिनीसँगको नजिक भएकाले शुरुमा छिटो नतिजा प्राप्त हुने बिधि आडीटी गरिएको हो ।
आरडीटी नेगेटिभ रहेपनि आमा र बहिनी सहित परिवारका ८ जनाकै र अन्य संभावित नजिकका छिमेकी ४ जना गरी १२ जनाको पिसीआर मार्फत स्वाव परीक्षणका लागी घाँटीको नमूना संकलन गरी परिक्षणका लागी कोरोना परीक्षण प्रयोगशाला भरतपुर पठाईएको स्वास्थ्य शाखा देबचुलीले जनाएको छ ।
त्यस्तै, देबचुली नगरपालिकाले जिल्ला प्रशासन कार्यालय नवलपुरको आदेशमा साबिक दिब्यपुरी गाबिस हालका वडा नम्वर १ देखी ५ सम्मका सबै वडा सिल गरेको छ । देबचुली नगरपालिका संक्रमणको उच्च जोखिममा रहेकाले बौलाहाखोलादेखी मुकुण्डे खोलाबीचका क्षेत्र शिल गरिएको देबचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले सुचनामार्फत जानकारी गराउनुभयो ।
सुचनामा आजैदेखी जेठ ११ गते राती १२ बजेसम्म ५ वटै वडा शिल गरिएको उल्लेख छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment