खगेन्द्र पराजुली,
७ जेठ, नवलपुर ।
पश्चिम नवलपरासीका एक युवकमा कोरोना संक्रमण देखिएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्वर ५ का २६ बर्षका ती पुरुषमा संक्रमण देखिएको जानकारी जिल्ला स्वास्थय कार्यालय परासीमा आएको कार्यालय प्रमुख गौरब ढकालले बताउनुभयो ।
ढकालका अनुसार ती ब्यक्ति बैशाखको अन्तिम साता भारतबाट नेपाल आएको बताउनुभयो । उनी नेपाल आएपछि उनलाई क्वारेन्टाईनमा राखिएको र क्वारेन्टाईनवाटै स्वाव संकलन गरी परीक्षणका लागी काठमाण्डौ पठाईएको हो ।
काठमाण्डौमा गरिएको परीक्षणमा उनमा संक्रमण पोजेटिभ देखिएको संदेश प्राप्त भएकाले थप ट्रेसिङको तयारी गरिएको छ । बाँकी स्पष्ट बिवरण पछि आउने उहाँले बताउनुभयो ।
पश्चिम नवलपरासीमा यसअघि बैशाख ३१ मा प्रतापपुरका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । ती संक्रमित पनि भारतबाटै आएका थिए । योसँगै पश्चिम नवलपरासी जिल्लामा पनि संक्रमित हुनेको संख्या २ पुगेको छ ।
निको अक्षरमा क्लीक गरी तलको समाचार पनि पढ्नुहोस् ।
निको अक्षरमा क्लीक गरी तलको समाचार पनि पढ्नुहोस् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment