Thursday, May 21, 2020


खगेन्द्र पराजुली, 
८ जेठ, नवलपुर । 

नवलपुरमा भारत लगायत नेपालका संक्रमणको जोखिम फैलिएका जिल्ला समेतबाट हालसालै जिल्ला भित्रिएकाको स्वाव संकलन कार्य तिब्रताका साथ भईरहेको छ । 

आज बिहीबार पनि जिल्ला स्वास्थ्य कार्यालय मार्फत मध्यबिन्दु जिल्ला अस्पतालमा ३१ जनाको स्वाव संकलन गरी पिसीआर परीक्षणका लागी भरतपुर कोरोना परीक्षण प्रयोगशाला पठाईएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । 

कार्यालयले दिएको जानकारी अनुसार आज जिल्ला अस्पतालमा कावासोतीका १३ जना, बिनयी–त्रिबेणीका ९ जना, मध्यबिन्दुका ६ जना र हुप्सेकोटका ३ जना गरी ३१ जनाको स्वाव संकलन गरी परीक्षणका लागी भरतपुर पठाईएको छ । 

आज नमूना लिईएका १९ देखी ६० बर्ष सम्मका ३ जना महिला सहित २८ जना पुरुष छन् । यिनीहरु जेठ लागेपछि एक हप्ताबीचमा जिल्ला भित्रिएकाहरु हुन् । 

आजसम्म जम्मा परीक्षण भएका नवलपुरका १ सय ४७ पिसीआर परीक्षण रिपोर्टमा २ जनामा पोजेटिभ र १ सय ४५ को नेगेटिभ रहेको कार्यालयले जनाएको छ । 

कोरोना पोजेटिभ देखिएका २ जनामा १ पुरुष र एक महिला छन् । 

भारतवाट आएका नवलपुरका पहिलो संक्रमित सिधै भरतपुरस्थित कोरोना अस्थायी अस्पतालमा पुगी बैशाख ३१ गते परीक्षण गर्दा जेठ १ गते कोरोना संक्रमण पुष्टि भएको हो भने अर्की एक महिलालाई काठमाण्डौमा परीक्षण गर्दा जेठ ६ गते संक्रमण पुष्टि भएको हो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *