Friday, May 22, 2020


खगेन्द्र पराजुली, 
९ जेठ, नवलपुर । 

नवलपुरका १ जनामा फेरी कोरोना संक्रमण भएको पुष्टि भएको छ । हिजो नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा स्वाव संकलन गरी परीक्षणका लागी पठाईएका ३१ मध्ये एक जनामा कोरोना संक्रमण देखिएको हो । 

बिनयी त्रिबेणी गाउँपालिका वडा नम्वर ६ का ४५ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 

संक्रमित ती ब्यक्ति जेठ १ गते भारतवाट आएका थिए । भारतबाट आएका ती ब्यक्ति बिनयीत्रिबेणी ६ ले खडा गरेको एक बिद्यालयको क्वारेन्टाईनमा बसेका थिए । 

पछि उनमा ज्वरो लगायतका लक्षण देखिएपछि ७ गते बुधबार चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रको आईशोलेशनमा राखिएको थियो । 

आज शुक्रवार बिहानै ४ बजे संक्रमित ब्यक्तिलाई भरतपुरस्थित कोरोना अस्थायी अस्पताल पुर्याईसकिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले बताउनुभयो । 

योसँगै नवलपुर ठेगाना भएका संक्रमितको संख्या ३ पुगेको छ । 

नवलपुरमै स्वाव संकलन गरी परीक्षणका लागी पठाउँदा कोरोना पुष्टि भएका यि पहिलो संक्रमित हुन् । यसअघिका यहाँका २ जना आफै चितवन र काठमाण्डौमा परीक्षण गर्दा संक्रमित पुष्टि भएका थिए । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *