खगेन्द्र पराजुली,
१७ जेठ, नवलपुर ।
नवलपुरमा आज शनिवार २५ जनाको स्वाव संकलन भएको छ । नवलपुरको बिनयी त्रिबेणी गाउँपालिकाका क्वारेन्टाईनमा रहेका २५ जनाको स्वाव संकलन भएको जिल्ला स्वास्थय कार्यालय नवलपुरले जनाएको छ ।
कार्यालय प्रमुख केशवप्रसाद चापागाईका अनुसार भारतको ईन्दोरबाट आएका ९ जना, दिल्लीबाट आएका ८ जना, सिलीगुडीबाट आएका १ जना, हरिद्धारबाट आएका १ जना र महाराष्ट्रबाट आएका ६ जनाको स्वाव संकलन भएको छ ।
२५ मध्ये ३ जना महिला छन् ।
आज संकलित स्वाव परीक्षणका लागी पोखरा पठाईएको छ । अहिले बिनयी त्रिबेणीबाट स्वाव गण्डकी प्रादेशिक प्रयोगशाला चलान भैसकेको प्रमुख चापागाईले बताउनुभयो ।
वहाँले हिजो कावासोतीमा संकलन गरि पोखरा पठाईएका ३९ स्वाव प्राथमिकतामा राखी परिक्षण गर्न आग्रह गरिएको बताउनुभयो ।
अहिले परीक्षणका लागी पोखरामा धेरै स्वाव नमूना संकलन भएकाले हिजो शुक्रवारको स्वावको रिपोर्ट छिटोमा आज रातीदेखी भोली आईतवार बिहानसम्ममा वा ढिलोमा भोली रातीसम्ममा आउने बताउनुभएको छ ।
अहिले परीक्षणका लागी पोखरामा धेरै स्वाव नमूना संकलन भएकाले हिजो शुक्रवारको स्वावको रिपोर्ट छिटोमा आज रातीदेखी भोली आईतवार बिहानसम्ममा वा ढिलोमा भोली रातीसम्ममा आउने बताउनुभएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment