Saturday, May 30, 2020


खगेन्द्र पराजुली, 
१७ जेठ, नवलपुर । 

नवलपुरको देबचुली वडा नम्वर २ माईत ठेगाना भएकी कोरोना संक्रमित २४ बर्षकी युवती आज डिस्चार्ज भएकी छन् । 

गत जेठ ६ गते काठमाण्डौमा कोरोना पुष्टि भएकी ती युवती आज शनिवार १२ औं दिनमा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएकी हुन् । 

उनको काठमाण्डौको ससस्त्र प्रहरीको कोभिड १९ उपचार अस्पतालको आईशोलेशनमा उपचार भएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार उनको पछिल्ला २ पटक गरिएका पुनः परिक्षणमा रिपोर्ट नेगेटिभ आएको हो । 

१४ गते र हिजो १६ गते गरिएका परिक्षण नेगेटिभ आएपछि उनी आज डिस्चार्ज भएकी हुन् । 

रुपन्देही घर भएकी ती युवती काठमाडौमा बस्ने गर्थिन् । 

लकडाउनकै अवधिमा रुपन्देही हुदै माईतमा १० दिन बसेर श्रीमान्सँग मोटरसाईकलमा काठमाण्डौ पुगेकी उनमा कोरोना संक्रमण कहाँबाट सरेको हो भन्ने अझै स्पष्ट रुपमा खुल्न सकेको छैन । 

यो पनि नवलपुर माइती भएकी महिलामा संक्रमण

              अपडेटः संक्रमितको माईती ठेगाना देबचुली


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *