खगेन्द्र पराजुली,
१७ जेठ, नवलपुर ।
नवलपुरका बिहीवारका परीक्षण हुन बाँकी स्वाव नमूना परीक्षण हुदाँ ती नमूनाको रिपोर्ट नेगेटिभ आएको छ ।
बिहीवार संकलन गरी पठाईएका ४० नमूनामध्ये ३९ वटा नमूनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।
बुधबार संकलन गरी परीक्षणका लागी पठाईएका ३२ नमूनामध्ये १ जनाको नमूना र बिहीवार संकलन गरी पठाईएका ४० नमूनामध्ये केही मात्र नमूना परीक्षणका लागी ईन्स्टनेशन गरीएकोमा बिहीबारै राती रिपोर्ट तयार भई हिजो शुक्रवार सार्वजनिक भएको थियो ।
अहिलेसम्म नवलपुर ठेगाना भएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१ जना बाहेक सबै भारतवाट आएकामा संक्रमण देखिएको हो ।
संक्रमितमध्ये ३ जना भरतपुर, १ जना काठमाण्डौ र २ जना जिल्ला अस्पतालको आईशोलेशनमा छन् ।
हालसम्म नवलपुरका ३ सय ७ स्वावको पिसीआर परीक्षण भएकामा ३ सय १ नमूना नेगेटिभ आएका छन् ।
हिजो कावासोतीबाट संकलन गरी पोखरा पठाईएका २९ स्वाव नमूनाको रिपोर्ट आउन बाँकी छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment