Friday, May 29, 2020


खगेन्द्र पराजुली,
१६ जेठ, नवलपुर ।

आज शुक्रवार नयाँ संक्रमित १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले सार्बजनिक गर्नुभएको नियमित प्रेस बक्तब्यमा आज जम्मा १ सय ७० जनामा संक्रमित पुष्टि गर्नुभयो । 

योसँगै अहिलेसम्म नेपालमा कुल संक्रमित १ हजार २ सय १२ पुगेका छन् । 

जसमा महिला १ सय ९ र पुरुष १ हजार १ सय ३ छन् । 

आज संक्रमित पुष्टि हुनेमा झापाका २८ जना, सप्तरीका ४, पर्साका ५, बाराका ४, म्याग्दीका १, बाँकेका १०, नवलपुरका २, रौतहटका ५६, सर्लाहीका ५, कपिलबस्तुका ५१, रुपन्देहीका १, र दाङका २ जनामा संक्रमण पुष्टि भएको छ । 

निको हुनेको संख्या २ सय ६ पुगेको छ । आज १९ जनाले कोरोनालाई जितेर संक्रमणमुक्त भएका छन् । 

यस्तै, गत जेठ १० गते अर्घाखाँची भुमिकास्थानका एक जनाको मृत्यु भएपश्चात भएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

योसँगै ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *