खगेन्द्र पराजुली,
१६ जेठ, नवलपुर ।
नवलपुरमा पछिल्लो समय भारतवाट नेपाल भित्रिनेको संख्या वढिरहेको छ । भारतबाटै भित्रिनेमा संक्रमण पुष्टि हुने सम्भावना बढी देखिएसँगै यहाँका क्वारेन्टाईनमा बस्नेको संख्यामा पनि बृद्धि भैरहेको छ । अहिलेसम्म नवलपुरका ८ वटै पालिकामा भारत र नेपालका अन्य जिल्लाबाट समेत आएर क्वारेन्टाईनमा बस्नेको संख्या ७ सय ५४ पुगिसकेका छन् ।
यो समाचार प्रकाशित गरेको समयसम्ममा मध्यबिन्दु नगरपालिकामा १ सय ७९ जना, बिनयी–त्रिबेणी गाउँपालिकामा ७९ जना, कावासोती नगरपालिकामा १ सय १४ जना, देबचुली नगरपालिकामा ५० जना, हुप्सेकोट गाउँपालिकामा १ सय २४ जना, बौदीकाली गाउँपालिकामा ८१ जना र बुलिङटार गाउँपालिकामा ९१ जना र गैंडाकोटमा ३६ जना क्वारेन्टाईनमा रहेको सम्वन्धित पालिकाको स्वास्थ्य शाखा प्रमुखहरुले जानकारी गराएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार क्वारेन्टाईनमा बसेको कम्तीमा ७ दिन अवधि पुरा गरेका ब्यक्तिलाई क्रमैसँग र संक्रमित पुष्टि भएकासँगको कन्ट्याक्ट ट्रेसिङका आधार बनाएर प्राथमिकताका साथ आरटी–पिसीआर परीक्षणका लागी स्वाव संकलन गरी परीक्षण चलिरहेको छ ।
देबचुली
देबचुली ठेगाना भएका तर भारतबाट सिधै अस्पतालको सम्पर्कमा गएर कोरोना संक्रमण पुष्टि भएक जिल्लाकै पहिलो संक्रमित पुष्टि भएसँगै अहिलेसम्म यहाँ ५ जनामा संक्रमित भेटिएका छन् ।
देबचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार अहिलेसम्म देबचुलीमा ५१ जना क्वारेन्टाईनमा छन् । यहाँका ५ जनामध्ये २ जना भरतपुरको आईशोलेशनमा, १ जना काठमाण्डौको आईशोलेशनमा र २ जना जिल्ला अस्पताल डण्डाको आईशोलेशनमा छन् ।
देबचुलीको बरचुली क्वारेन्टाईनमा १ महिला सहित ४ जना, जनज्योति नमूना क्वारेन्टाईनमा २५ जना, भीमसेन क्वारेन्टाईनमा १५ जना र नेपाल माबि क्वारेन्टाईनमा २ महिला सहित ७ जना छन् ।
देबचुलीमा हिजो कालिका क्वारेन्टाईनका २ जना र बरचुली क्वारेन्टाईनबाट १ जना गरी ३ जना डिस्चार्ज भएका छन् भने आज संक्रमण पुष्टि भएका जनज्योति नमूना क्वारेन्टाईनबाट २ जनालाई मध्यबिन्दु जिल्ला अस्पतालको आईशोलेशनमा रेफर गरिएको छ ।
यहाँबाट बिहीवार संकलन गरी पठाईएका २५ स्वावमध्ये १ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हिजो सबै स्वाव परीक्षण भएका छैनन् । परीक्षण गर्न बाँकी स्वाव आज शुक्रवार परीक्षण भई रिपोर्ट आउने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिनुभएको छ ।
मध्यबिन्दु नगरपालिका
मध्यबिन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधबप्रसाद पोख्रेलका अनुसार यहाँ आजसम्म क्वारेन्टाईनममा रहेका १ सय ७९ जनामध्ये १ सय ५४ जना भारतबाट आएका छन् । मध्यबिन्दुका १ जना आज देबचुली १५ मा संक्रमण पुष्टि भएका २१ बर्षका युवकसँगै आएको खुलेसँगै एक जना ट्रेसिङमा पहिचान भएका छन् ।
यहाँ २४ स्थानमा क्वारेन्टाईन तयारी अवस्थामा छन् भने २० स्थानका क्वारेन्टाईनमा उनीहरुलाई राखिएको छ ।
मध्यबिन्दु १० को अरुणखोलादेखि उत्तर क्षेत्रटाँडीको जनता आधारभूत बिद्यालयमा २९ जना, मध्यबिन्दु ५ बाघखोरको बिन्देश्वरी आधारभूत बिद्यालय र मध्यबिन्दु ११ द्वारदहको बिरेन्द्र माबिमा २३–२३ जना सहित यहाँका अरु क्वारेन्टाईनमा क्वारेन्टाईनमा राखिएको छ ।
मध्यबिन्दुमा अहिले क्वारेन्टाईनमा रहेका कसैको पनि पिसीआर परीक्षण नभएको स्वास्थ्य शाखा प्रमुख पोख्रेलले बताउनुभयो ।
बिनयी त्रिबेणी
बिनयी त्रिबेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवराज काफ्लेका अनुसार आज थप ७ जना भारतवाट भित्रिएसँगै यहाँका क्वारेन्टाईनमा बस्नेको संख्या ७९ छ । यहाँ १० ठाउँमा १ सय ४ बेड क्षमताको क्वोन्टाईनको प्रबन्ध रहेको छ । अहिलेसम्म ९ स्थानका क्वारेन्टाईनमा उनीहरुलाई राखिएको छ ।
बिनयी त्रिबेणी गाउँपालिकाले क्वारेन्टाईनमा बसेकाहरुका लागी मेसमै खाना बनाएर खानेका लागी खाद्यान्न सामाग्री र खाना बनाउने भान्से समेतको ब्यवस्था मिलाएको छ भने मेसमा खाने प्रवन्ध नमिलेका क्वारेन्टाईनमा बसेकाका लागी होटलमार्फत् दैनिक प्रतिब्यक्ति ५ सय रुपैयाका दरले २ पटकको खाना, २ पटकको खाजा र पानी समेतको ब्यवस्था मिलाएको छ ।
यहाँ १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित ती ब्यक्ति भरतपुरको आईशोलेशनमा छन् । ती संक्रमितको टे«सिङमा परेका १ जनाको रिपोर्ट नेगेटिभ छ ।
बिनयी–त्रिबेणीका ७७ जनामा पिसीआर परीक्षण भएको छैन ।
कावासोती
कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद नागिलाका अनुसार यहाँ १ सय १४ जना क्वारेन्टाईन्मा छन् । देशभित्रैका संक्रमण जोखिम जिल्लाबाट आएका ३ जना बाहेक सबै भारतवाट आएका हुन् ।
कावासोतीमा १७ वटा स्थानमा क्वारेन्टाईन्को प्रबन्ध मिलाईएको छ ।
अहिले कुमारी क्वारेन्टाईन सहित ९ स्थानमा उनीहरुलाई राखिएको छ ।
अहिले क्वारेन्टाईन्मा रहेकामध्ये ५ जनाको स्वाव परीक्षण भएको छ । यहाँका १ सय ९ जनाको स्वाव परीक्षण गर्नबाँकी छ । आज ३० जनाको स्वाव संकलन गर्ने लक्ष्य सहित अहिले कुमारी क्वारेन्टाईन्मा ल्याएर संकलन कार्य जारी छ ।
आज संक्रमण पुष्टि भएका देबचुलीका २१ बर्षका युवकसँगको टे«सिङमा कावासोतीका ३ जना पहिचान भएका छन् । संक्रमण पुष्टि भएका ती ब्यक्तिसँगको प्रत्यक्ष सम्पर्कमा रही आएका उनीहरु कावासोती १ का १ जना र कावासोती ११ का २ जना छन् ।
आजसम्म कावासोतीका कसैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन ।
हुप्सेकोट
हुप्सेकोट गाउँपालिकाका स्वास्थय शाखा प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार आज भारतवाट थप २१ जना आएसँगै यहाँका क्वारेन्टाईनमा १ सय २४ जना छन् ।
यहाँ १४ ठाउँमा क्वारेन्टाईन बनाईएकोमा १० स्थानमा उनीहरुलाई राखिएको छ ।
यहाँ नेपालभित्रैका संक्रमण जोखिम जिल्लाबाट आएका ६ जना महिला बाहेक अरु सबै भारतवाट आएका हुन् ।
हुप्सेकोटका अहिले क्वारेन्टाईनमा रहेका १५ जनाको स्वाव संकलन गरी परीक्षणका लागी हिजो मात्रै भरतपुर पठाईएको छ । ती स्वावको नतिजा आज आउन सक्ने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईले बताउनुभएको छ ।
बौदीकाली
बौदीकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टोपकान्त अधिकारीका अनुसार यहाँका क्वारेन्टाईनमा ८१ जना छन् । ११ स्थानमा सामुदायिक बिद्यालयमा खडा गरिएका क्वारेन्टाईनमध्ये ६ ठाउँमा उनीहरुलाई बस्ने प्रबन्ध मिलाईएको छ ।
यहाँका क्वारेन्टाईनमा रहेका १८ जनाको स्वाव परीक्षण भईसकेको छ ।
ती सबैको रिपोर्ट नेगेटिभ रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
गैडाकोट
गैडाकोट नगरपालिकाका स्वास्थय शाआ प्रमुख झलकराज पौडेलका अनुसार यहाँका क्वारेन्टाईनमा आज थप ५ जना भित्रिएसँगै ३६ जना क्वारेन्टाईनमा छन् ।
यहाँका ४ ठाउँका क्वारेन्टाईन्मा उनीहरुलाई रहने प्रबन्ध गरिएको छ । अहिले क्वारेन्टाईन बसेको ७ दिन अवधि पुरा नभएकाले क्वारेन्टाईनमा रहेका कसैको पनि स्वाव संकलन गरिएको छैन । भोली शनिवार २० जनाको ७ दिन अवधि हुदैछ । भिटीएम किट प्रबन्ध मिलाएर उनीहरुको पिसीआर परीक्षण गर्ने तयारीमा नगरपालिका रहेको जनाईएको छ ।
बुलिङटार
बुलिङटार गाउँपालिकाका स्वास्थय शाखा प्रमुख अशोककुमार श्रेष्ठका अनुसार यहाँका क्वारेन्टाईनमा आज थप १३ जना सहित ९१ जना छन् ।
यहाँ ६ वटा क्वारेन्टाईन स्थलमध्ये ४ वटामा ती ब्यक्तिहरुलाई राखिएको छ ।
यहाँ क्वारेन्टाईनमा बसेका सबै भारतवाट आएका हुन् ।
यहाँको स्वास्थ्य शाखासँग कसैको स्वाव संकलन नभएको तथ्याङ्क रहेपनि जिल्ला स्वास्थ्य कार्यालयसँग भने देबचुलीको कालिका क्वारेन्टाईनमा बसेका एक जना बुलिङटारका ब्यक्ति भएको बिवरण रहेको छ । ती ब्यक्तिको पिसीआर रिपोर्ट नेगेटिभ आएसँगै हिजो क्वारेन्टाईन्बाट डिस्चार्ज भएका छन् । ती ब्यक्ति देबचुली ९ का वडाअध्यक्ष्ँको सम्पर्कमा रहेको देबचुली स्वास्थ्य शाखाले जनाएको छ ।
फोटोः पत्रकार दीपक भटराईको फेसबुकबाट साभार ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment