Friday, May 29, 2020


खगेन्द्र पराजुली, 
१६ जेठ, नवलपुर । 

देबचुली नगरपालिकामा थप २ जनामा कोरोना संक्रमित भेटिएसँगै यहाँ मात्रै संक्रमितको संख्या ५ पुगेको छ । भारतवाट आर्इृ क्वारेन्टाईनमा बसेका २ जनामा आज कोरोना संक्रमण पुष्टि भएको हो ।

देबचुली ११ का १९ बर्षका र देबचुली १५ का अर्का २१ बर्षका युवकमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले बिज्ञप्ति मार्फत सु–सुचित गराएको छ । 

बुधबार स्वाव संकलन गरी पठाएका ३२ नमूनामध्ये देबचुली ११ का पुरुषमा संक्रमण देखिएको हो भने हिजो बिहीबार संकल गरी पठाईएका ४० मध्ये अर्का देबचुली १५ का युवकमा संक्रमण देखिएको हो । 

स्वास्थय कार्यालय प्रमुख केशवप्रसाद चापागाईका अनुसार हिजो संकलित ४० मध्ये २५ देबचुलीका र १५ हुप्सेकोटका स्वाव थिए । तीमध्ये पनि स्वाव परीक्षण हुनै बाँकी केही स्याम्पल बाकी छन् । 

अहिले सक्रमित दुबै जनालाई नवलपुरको जिल्ला अस्पताल मध्यबिन्दु जिल्ला असपतालको आईशोलेसशनमा लैजाने तयारी छ । 

दुबै जनाको स्वास्थ्य सामान्य छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *