खगेन्द्र पराजुली,
१५ जेठ, नवलपुर ।
आज गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमित भेटिएका छन् । स्याङजाको बालिङमा र नवलपुरको देबचुलीमा संक्रमित भेटिएको स्रोतले जनाएको छ ।
स्याङजाको वालिङका २ पुरुष र एक महिला तथा नवलपुरको देबचुलीका १ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले वालिङका ३ जनामा संक्रमण भेटिएको जनाएको छ भने नवलपुर जिल्ला स्वास्थ्य कार्यालयले देबचुली १ का १ जना पुरुष संक्रमित रहेको जनाएको छ ।
स्याङजाका संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरुलाई आईशोलनमा लैजाने तयारी भएको जनाईएको छ ।
भने नवलपुरका संक्रमितलाई भरतपुर आईशोलेसनमा पुर्याईसकिएको स्वास्थय कार्यालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या १८ पुगेको छ ।
यीमध्ये बाग्लुङका २ जना निको भएका छन् ।
उपचाररत संक्रमितमा बाग्लुङका ६ जना, नवलपुरका ४ जना, स्याङजाका ५ जना, लमजुङका १ जना गरी १६ जनाको काठमायडौ, चितवन लगायत गण्डकीकै बिभिन्न अस्पतालका आईशोलेशनमा रहेका छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment