खगेन्द्र पराजुली,
१४ जेठ, नवलपुर ।
आज नवलपुरबाट ३२ जनाको स्वाव संकलन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार ३२ जनाको स्वाव संकलन गरी परीक्षणका लागी पठाईएको हो ।
मध्यबिन्दु जिल्ला अस्पतालमा संकलन गरिएका स्वावमा बिनयीत्रिबेणीका एक जना, मध्यबिन्दुका १३ जना, कावासोतीका ६ जना र देबचुलीका १२ जनाको रहेको छ ।
अहिलेसम्म नवलपुरका २ सय ६७ स्वाव संकलन भएकामा २ सय ८ नमूना परीक्षण भई नतिजा आएको छ ।
जसमध्ये ३ जनाको नमूनामा मात्र संक्रमण पुष्टि भएका छन् भने २ सय ५ नमूना नेगेटिभ रहेका छन् । हिजो गैडाकोटका २१ देबचुलीका ५ र बुलिङटारका १ जनाको गरी जम्मा २७ वटा स्वाव नमूना भरतपुरमा परीक्षणको क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । यस्तै आज संकलित ३२ स्वाव समेत पिसीआर परीक्षणका लागी भरतपुर पठाईएको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।
यस्तै जिल्लामा द्रुत परीक्षणका लागी चलाईएको आरडीटी किटको परीक्षणमा आजसम्म २ हजार २ सय २२ नमूना परिक्षण भएका छन् । आज गैंडाकोटमा १० जना, मध्यबिन्दुमा १७ जना, बिनयी–त्रिबेणीमा २, हुप्सेकोटमा १, बुलिङटारमा १ र जिल्ला अस्पतालमा ५ जना गरी ३४ जनाको आरडीटी परीक्षण भएको तथ्याङ्क जिल्ला स्वास्थ्य कार्यालयसँग रहेको छ ।
यस्तै सोमवार गैंडाकोटबाट संकलन गरी परीक्षणका लागी पठाईएका ७ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment