Wednesday, May 27, 2020


खगेन्द्र पराजुली,
१४ जेठ, नवलपुर ।


आज बुधबार एकैदिन  १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले सार्बजनिक गर्नुभएको नियमित प्रेस बक्तब्यमा आज  जम्मा १ सय १४ जनामा संक्रमित पुष्टि गर्नुभयो । 

योसँगै अहिलेसम्म नेपालमा कुल संक्रमित ८ सय ८६ पुगेका छन् । 

आज संक्रमित पुष्टि हुनेमा सप्तरीका ११ जना, झापाका १७ जना, रुकुमपूर्बका ३ जना, दाङका १५ जना, बाँकेका १६ जना, सिराहाका २ जना, बाराका ७ जना, रौतहटका ३६ जना, मकवानपुरका १ जना र बाग्लुङका ६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण देखिएकाको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ, कोशी अस्पतालको प्रयोगशाला, धरानको बिपी काईराला स्वास्थय बिज्ञान प्रतिष्ठानको प्रयोशाला, भेरी अस्पतालको प्रयोगशाला, राप्ती प्रयोगशाला, हेटौडाको किटजन्य अनुसन्धान केन्द्रको प्रयोगशाला र गण्डकी प्रादेशिक प्रयोगशालामा पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

यस्तै, कोरोना संक्रमणबाट स्वास्थ्यलाभ गरी निको हुनेका संख्या १ सय ८३ पुगेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो बिवरणमा नारायणी अस्पताल बिरगञ्जबाट पर्साका २१ जना,  कोशी अस्पतालबाट उदयपुरका ४ जना, शुशिल कोईराला मेमोरियल अस्पतालबाट बाँकेका २ जना र बर्दियाका १ जना  संक्रमित निको भएर घर फर्किएका हुन् । 

निको हुनेमा १ सय ४२ पुरुष र ४१ जना महिला रहेका छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *