खगेन्द्र पराजुली,
१४ जेठ, नवलपुर ।
गैडाकोटबाट परिक्षणका लागी संकलन गरी पठाईएका ७ वटा स्वाव नमूनाको रिपोर्ट नेगेटिभ आएको छ भने २७ वटा स्वावको नतिजा आउन बाँकी छ ।
सोमवार परीक्षणका लागी पठाइएका नमूनाको रिपोर्ट नेगेटिभ आएको हो । भने हिजो मंगलवार संकलन भएका स्वावको पिसीआर रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिनुभयो ।
हालसम्म नवलपुरका २ सय ८ स्वाव नमूना परीक्षणको रिपोर्ट प्राप्त हुदा ३ जनामा संक्रमण पुष्टि भएको छ भने २ सय ५ नमूना नेगेटिभ छन् । हिजो संकलन भएका २७ नमूनाको रिपोर्ट आउन बाँकी छ ।
हिजो गैडाकोटका २१ जना, देबचुलीका ५ जना, बुलिङटार घर भई देबचुलीको क्वारेन्टाईनमा बसेका १ जना गरी २७ जनाको स्वाव परीक्षणका लागी भरतपुर कोभिड १९ परीक्षण प्रयोगशाला पठाईएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment