देबभूमी खवर—
१४ जेठ, नवलपुर ।
शुरुमा गण्डकी प्रदेशको बाग्लुङमा प्रदेशको पहिलो संक्रमित भेटिएको बाग्लुङमै फेरी आज ६ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै गण्डकीमा संक्रमित हुनेको संख्या १४ पुगेको छ ।
बाग्लुङको तमानखोला र वडीगाड गाउँपालिकाका ६ जनामा संक्रमण भेटिएकोले ती संक्रमितलाई स्वास्थ्यकर्मीको सम्पर्कमा ल्याउन जिल्लास्थित स्वास्थ्य कार्यालय र धौलागिरी अस्पताललाई प्रदेश जनस्वास्थ्य निर्देशनालयले निर्देशन दिएको जिल्लास्थित स्रोतले बताएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले प्रेस बिज्ञप्ति मार्फत् पुष्टि गर्नुभएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह नियमित प्रेस ब्रिफिङ मार्फत सार्वजनिक गर्नेछ ।
पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४ जना र बडिगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमण देखिएका सबै भारतबाट आएका हुन् । संक्रमित सबैलाई बाग्लुङ अस्पतालको आईशोलेशनमा लैजाने तयारी भएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment