खगेन्द्र पराजुली,
१३ जेठ, नवलपुर ।
आज मंगलबार एकैदिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले सार्बजनिक गर्नुभएको नियमित प्रेस बक्तब्यमा आज मंगलबार जम्मा ९० जनामा संक्रमित पुष्टि गर्नुभयो ।
योसँगै अहिलेसम्म नेपालमा कुल संक्रमित ७ सय ७२ पुगेका छन् ।
आज संक्रमित पुष्टि हुनेमा महोत्तरीका २, जना, जुम्ला स्थायी घर भई बारामा कार्यरत २ जना, बाराका ३ जना, रौतहटका २२ जना, सिराहाका ५ जना, धनुषाका १ जना, बाँकेका ८ जना, कपिलबस्तुका २६ जना, अर्घाखाँचीका २ जना, गुल्मीका २ जना, रुपन्देहीका १ जना, कैलालीका १ जना, अछामका १ जना, स्याङजाका २ जना, र सुर्खेत्का १२ जनामा संक्रमण पुष्टि भएको छ ।
आज संक्रमण देखिएकाको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा, भेरी अस्पतालको प्रयोगशाला, सेती अस्पतालको प्रयोगशाला, सुर्खेत प्रादेशिक प्रयोगशाला, राप्ती प्रयोगशाला र गण्डकी प्रादेशिक प्रयोगशालामा पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, कोरोना संक्रमणबाट स्वास्थ्यलाभ गरी निको हुनेका संख्या १ सय ५५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो बिवरणमा नारायणी अस्पताल बिरगञ्जबाट ४३ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।
आजसम्म नेपालका ७७ जिल्लामध्ये ४६ जिल्लाका मानिसहरुमा संक्रमण पुष्टि भएको छ ।
आज स्याङजा, अर्घाखाची र जुम्ला जिल्लाका नागरीकमा संक्रमण देखिएसँगै यी ३ नयाँ संक्रमित फेला परेको जिल्लाको सूचीमा अद्यावधिक भएका छन् ।

admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment