खगेन्द्र पराजुली,
१७ जेठ, नवलपुर ।
आज शनिवार नेपालमा १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १ सय ८५ पुरुष र ४ जना महिला आज थपिएका छन् ।
योसँगै अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ ।
आज कोरोना संक्रमण पुष्टि भएका १३ जना निको भएका छन् ।
योसँगै ४७ जना महिला र १ सय ७२ जना पुरुष गरी कुल २ सय १९ जनाले कोरोनालाई जितेर संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोना संक्रमण पुष्टि भएका ६ जनाको ज्यान गएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment