खगेन्द्र पराजुली,
१७ जेठ, नवलपुर ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले राष्ट्रिय अभियान अन्तर्गतको दादुरा–रुबेला बिरुद्धको खोप अभियान स्थगित भएका पालिकामा सञ्चालन अभियान सञ्चालन गरेको छ ।
विशेष परिस्थितिले रोकिएको खोप अभियान जिल्लाका ३ वटा स्थानीय तहमा रोकिएका थिए ।
गैंडाकोट नगरपालिका, बुलिङटार र बौदीकाली गाउँपालिकामा गत चैत्रमा दोस्रो चरणमा गर्ने भनिएको खोप अभियान कोरोना रोकथाम र नियन्त्रणमा सरकारले जारी गरेको लकडाउनसँगै प्रभावित बनेको थियो ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार हिजो शुक्रवारदेखि बुलिङटार र बौदीकालीमा खोप अभियान जारी छ ।
यस्तै गैडाकोट नगरपालिकाले यही जेठ २१ गतेबाट खोप अभियान सञ्चालन गर्ने गैंडाकोट स्वास्थय शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभएको छ ।
वहाँले संक्रमणको यो अवस्थामा सुरक्षित उपाय अपनाउदै बालबालिकालाई खोप लगाउने बताउनुभयो ।
खोप अभियानको पहिलो चरणमा जिल्लाका देवचुली, कावासोती मध्यबिन्दु नगरपालिका र बिनयीत्रिबेणी, हुप्सेकोट गाउँपालिकामा खोप अभियान सम्पन्न भएको कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्याङ्क अनुसार देबचुलीमा ४ हजार ३ सय ६१, कावासोतीमा ६ हजार ६ सय ४४, मध्यबिन्दुमा ४ हजार ६ सय १६, बिनयी–त्रिबेणीमा ३ हजार ७९ र हुप्सेकोटमा २ हजार ९७ गरी जम्मा २० हजार ८ सय ९८ बालबालिकामा दादुरा—रुबेला बिरुद्धको खोप लगाईएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment