Sunday, May 31, 2020


खगेन्द्र पराजुली, 
१८ जेठ, नवलपुर । 

नवलपुरका २ वटा पालिकाबाट आज आईतवार ३७ जनाको स्वाव नमूना संकलन भएको छ ।

जिल्लाका मध्यबिन्दु नगरपालिकाका क्वारेन्टाईनमा बसेका १९ जनाको र गैंडाकोट नगरपालिकाको क्वारेन्टाईनमा रहेका १८ जनाको गरी जम्मा ३७ जनाको स्वाव संकलन भएको हो । 

संकलित स्वाव परीक्षणका लागी पोखरास्थित गण्डकी प्रादेशिक प्रयोगशाला पठाईने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभएको छ । 

यसअघि शुक्रवार कावासोतीमा संकलन गरिएका २९ स्वाव र शनिवार संकलन गरिएका बिनयी–त्रिबेणीका २५ स्वाव समेत गरी ५४ स्वाव परीक्षण भई रिपोर्ट आउनै बाँकी रहेको छ । आज थप संकलन भएका स्वाव नमूना सहित नवलपुरका कुल ९१ स्वावको नतिजा आउन बाँकी हुने कार्यालय प्रमुख चापागाईले बताउनुभयो । 

आजसम्म नवलपुरका जम्मा परीक्षण भैसकेका ३ सय ७ नमूनामध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । संक्रमण पुष्टि भएकामध्ये १ जना महिला संक्रमणमुक्त भएकी छन् । 

अहिले मध्यबिन्दुमा संकलित स्वाव मध्यबिन्दु स्वास्थ्य शाखा प्रमुख माधबप्रसाद पोख्रेलले गैंडाकोट मेल दिने र गैंडाकोटबाट दुबै नगरपालिकामा संकलन भएका स्वाव नमूना गैंडाकोटका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले पोखरा लिएर जाने तयारीमा रहेको जनाईएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *