Sunday, May 31, 2020



खगेन्द्र पराजुली, 
१८ जेठ, नवलपुर । 

स्याङजामा थप २ जना कोरोना संक्रमण देखिएको छ । 

यहाँको गल्याङ नगरपालिका वडा नम्वर ७ मालुङ्गाका २ जना पुरुषमा संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले बताउनुभयो । 

यहाँका २७ र ४० बर्षका पुरुषमा संक्रमण देखिएको हो । 

जेठ ११ गते भारतको दिल्लीबाट आएका ती संक्रमित सिधै स्थानीय सार्वजनिक माबिको क्वारेन्टाईनमा बसेका थिए । 

कार्यालय प्रमुख शर्माका अनुसार यहाँका थप नयाँ संक्रमित यसअघि बालिङमा संक्रमण पुष्टि भएकामध्येकै कन्ट्याक्ट ट्रेसिङका हुन् । 

उनीहरु सुनौली नाकाबाट एउटै बसमा स्याङ्जा आएका थिए । 

संक्रमित दुबै जनालाई जिल्ला सदरमुकाम पुतलीबजारस्थित जिल्ला अस्पतालको आईशोलेशनमा लैजाने तयारी छ । 

जेठ १५ गते जिल्लावाट परीक्षणका लागी प्रादेशिक प्रयोशाला पोखरा पठाईएका ६४ स्वावमध्ये २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।  

अहिलेसम्म स्याङजाका २९६ परीक्षण भएका नमूनामध्ये यहाँ ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । 
यहाँका ४५ स्वाव नमूना परीक्षण भई रिपोर्ट आउन बाँकी छ । 

स्वास्थ्य कार्यालय प्रमुख शर्माले स्याङजामा पनि संक्रमितको संख्या थपिदै जाँदा जनजीवन त्रसित भएकाले समुदाय स्तरमा संक्रमण नफैलिएकोले आतंकित नहुन आग्रह गर्नुभएको छ । 

अहिलेसम्म यहाँ जति संक्रमित देखिएका छन् सबै भारतवाट आएकामा देखिएकाले क्वारेन्टाईन मापदण्डमा बिशेष ध्यान दिएर नियन्त्रण र रोकथामका प्रयास भैरहेको बताउँदै वहाँले स्थानीय स्तरबाट अझ सर्तकताका साथ जोड दिएर लाग्नुपर्ने बताउनुभयो । 

थप अपडेट
गैंडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज सुबेदीले थप ३ जनाको स्वाव संकलन भएको पछि फेरी जानकारी दिनुभएको छ । 


वहाँका अनुसार स्वाव संकलन कार्यमा सहजीकरण गर्नुभएका ३ जना स्वास्थयकर्मीको पनि स्वाव संकलन गरेसँगै गैंडाकोटमा २१ जनाको नमूना संकलन भएको छ । यो संगै आज संकलित नमूना ४० भएको छ । कुल रिपोर्ट आउन बाँकी संख्या पनि थप ३ सहित ९४ छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *