Sunday, May 31, 2020


खगेन्द्र पराजुली,
१८ जेठ, नवलपुर । 

गण्डकी प्रदेशको थप १ जिल्लामा कोरोना संक्रमित भएको पुष्टि भएको छ । 

तनहुँमा १ जना संक्रमित भेटिएसँगै गण्डकी प्रदेशका ११ जिल्लामध्ये ६ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । 

गण्डकीका बाग्लुङमा ८ जना, नवलपुरमा ६ जना, लमजुङमा १ जना, स्याङजामा ७ जना, म्याग्दीमा १ जना र तनहुँमा १ जनामा गरी कुल २४ जनामा संक्रमण पुष्टि भएको गण्डकीको सामाजिक बिकास मन्त्रत्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले उल्लेख गरेको छ । 

निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा बाग्लुङका २ जना र नवलपुरका १ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । 

गण्डकीले जेठ ६ गते संक्रमण पुष्टि भएका नवलपुरका १ र लमजुङका १ गरी २ जनाको बिवरण आज आधिकारीक रुपमा अद्यावधिक गरेको छ । 

निर्देशनालयले यसअघि नवलपुर माईत भएकी १ महिला र लमजुङका भनिएका १ बालक मामाघर धादिङमा रहदा संक्रमित पुष्टि भएकालाई गण्डकी प्रदेशको बिवरणमा उल्लेख नगर्दा एकिन आधिकारीक तथ्याङ्कमा अस्पष्टता रहदै आएको थियो । 

आज गण्डकीमा मात्रै ३ जना नयाँ संक्रमित थपिएका हुन् । तनहुका १ जना पुरुष र स्याङजाका २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *