खगेन्द्र पराजुली,
१८ जेठ, नवलपुर ।
आज आईतवार नेपालमा १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा १ सय ६२ जना पुरुष र ४ जना महिला छन् ।
योसँगै अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराईरहेकामध्ये १ जना मात्र निको भएका छन् ।
आजसम्म कुल २ सय २० जनाले कोरोनालाई जितेर संक्रमणमुक्त भएका छन् ।
डिस्चार्ज हुनेमा मकवानपुर हेटौडाकी १ महिला हुन् । उनी भरतपुर अस्पतालबाट आज डिस्चार्ज भएकी हुन् ।
नेपालमा कोरोना संक्रमण पुष्टि भएका ८ जनाको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमित २ जनाको ज्यान गएको छ ।
हिजो शनिबार बिहान दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका ३५ बर्षका युवक र बाजुरा जिल्ला बुढिगंगा वडा नम्वर १ की २ बर्षीया बालिकाको आज आइतबार बिहान मृत्यु भएको हो ।
हालसम्म नेपालका ७७ जिल्लामध्ये ५७ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको छ ।
आज थप नयाँ जिल्ला तनहुँ, कालिकोट, सल्यान र बाजुरा ४ जिल्लामा संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा ६९ हजार ५ सय ८२ पिसीआरबाट र १ लाख ११ हजार १ सय ९ आरडीटीबाट परिक्षण भएका छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment