Monday, June 1, 2020


खगेन्द्र पराजुली, 
१९ जेठ, नवलपुर ।

नवलपुरका थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । कावासोतीका २ जना र बिनयीत्रिबेणीका १ जनामा गरी थप नयाँ ३ जनाको पिसीआर परिक्षणमा कोरोना पोजिटिभ आएकोस्वास्थय निर्देशनालय गण्डकीले पुष्टि गरेको छ । 
। 

निर्दैशनालयका निर्दैशक डा. बिनोदबिन्दु शर्माले जारी गर्नुभएको बिज्ञप्ति अनुसार कावासोतीका २ जना २२ र ३६ बर्षका पुरुष तथा बिनयी–त्रिबेणीका १४ बर्षका बालकमा कोरोना पुष्टि भएको छ । 

यो सहित नवलपुरमा संक्रमितको संख्या ९ पुगेको छ भने ए जना संक्रमणमुक्त भएका छन् । 

यता जिल्ला स्वास्थय कार्यालयका अनुसार कावासोतीका २ जना संक्रमित वडा नमवर १ र १२ का हुन् भने  बिनयी–त्रिबेणीका १ जना सर्दी तिरका भएको बुझिएको छ । 

संक्रमितहरु जेठ ९ र १० मा सुनौली नाका हुदै आएको र क्वारेन्टाईनमा नै बसेको जनाईएको छ । 

शुक्रवार र शनिवार पठाईएका ५४ स्वाव नमूना मध्येमा आज थप ३ जना नयाँ संक्रमित थपिएका हुन् । 

५४ मध्ये कति परीक्षण भए कति बाँकी छन् भन्ने स्पष्ट भएपछि बताउने कार्यालय प्रमुख केशव चापागाईले बताउनुभयो । 

अव हिजोका ४० नमूना भने परिक्षण हुन पुरै बाँकी छन् । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *