खगेन्द्र पराजुली,
१९ जेठ, नवलपुर ।
आज सोमवार नेपालमा २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा २ सय १३ जना पुरुष र १३ जना महिला छन् ।
योसँगै अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराईरहेकामध्ये १ जना निको भएका छन् ।
आज डडेल्धुरा अस्पतालबाट डडेल्धुराकै २८ बर्षका एक युवक आज डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा १ जना संक्रमणमुक्त भएसँगै हालसम्म कुल २ सय २१ जनालाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जननसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले बताउनुभयो ।
अहिलेसम्म संक्रमण मुक्त हुनेमा १ सय ७३ जना पुरुष र ४८ जना महिला छन् ।
नेपालमा कोरोना संक्रमण पुष्टि भएका ८ जनाको ज्यान गएको छ ।
हालसम्म नेपालका ७७ जिल्लामध्ये ५९ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment