खगेन्द्र पराजुली,
२० जेठ, नवलपुर ।
गण्डकी प्रदेशमा आज मंगलबार थप एक नयाँ जिल्ला सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम गण्डकीका प्रबक्ता डा. बिनोदबिन्दु शर्माले नयाँ १० जना संक्रमित थपिएको पुष्टि गर्नुभएको हो ।
गण्डकीमा कुल संक्रमितको संख्या ३७ पुगेको छ ।
गण्डकीमा कुल संक्रमितको संख्या ३७ पुगेको छ ।
आज संक्रमण पुष्टि हुनेमा अहिलेसम्म संक्रमित फेला नपरेको जिल्ला पर्बतमा ५ जना सहित स्याङ्जाका ५ जना छन् ।
ती सबै बिभिन्न मितिमा भारतबाट आएर क्वारेन्टाईनमै बसेकाहरु रहेका छन् ।
पर्बत फलेबास नगरपालिकाका २० र ४० बर्षका २ जना पुरुष र महाशिला गाउँपालिकाका १९, २० र २१ बर्षका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यी संक्रमित जिल्ला सदरमुकाम स्थित कुष्मा नगरपालिकाको क्वारेन्टाईनमा बसेका थिए ।
यस्तै, स्याङजाको चापाकोट नगरपालिकाका २२, २६, ३२ र ४० बर्षका पुरुष र बिरुवा गाउँपालिकाका २० बर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।
स्याङ्जामा मात्रै संक्रमितको संख्या १२ पुगेको छ ।
आज पर्बतमा संक्रमित फेला परेसँगै गण्डकीका ११ जिल्लामध्ये ७ जिल्लामा संक्रमण पुगेको छ ।
गण्डकीका कास्की, गोर्खा, मनाङ र मुस्ताङमा संक्रमित भेटिएका छैनन् ।
गण्डकीमा संक्रमणमुक्त हुनेको संख्या ३ पुगेको छ । निको हुने ३ जना नै महिला हुन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment