खगेन्द्र पराजुली,
२० जेठ, नवलपुर ।
पोखरामा परीक्षण हुन बाँकी रहेका नवलपुरका सबै स्वावको रिपोर्ट नेगेटिभ आएको छ ।
आईतवार गैंडाकोट र मध्यबिन्दुबाट संकलन गरी पठाईएका ४० स्वाव नमूना नेगेटिभ आएको पोखरा स्थित प्रयोगशालाबाट मौखिक जवाफ प्राप्त भएको सम्वन्धित नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखले बताउनुभएको छ ।
आईतवार गैंडाकोटबाट २१ जनाको र मध्यबिन्दुबाट १९ जनाको स्वाव परिक्षणका लागी पोखरास्थित प्रादेशिक प्रयोगशाला पठाईएको थियो ।
योसँगै नवलपुरका ४ सय ११ स्वाव संकलन भएमध्ये हिजो भरतपुर पठाईएका बिनयी–त्रिबेणीका १० जनाको नमूना रिपोर्ट आउन बाँकी छ ।
परिक्षण सम्पन्न भएका ४ सय १ नमूनामध्ये नवलपुरका ९ जनामा मात्रै कोभिड १९ पोजेटिभ पुष्टि भएका हुन् ।
नवलपुर ठेगाना भएकी एक महिला संक्रमणमुक्त भईसकेकी छन् ।
अव नवलपुरका ८ जना संक्रमित भरतपुर र जिल्ला अस्पतालका आईशोलेशनमा बसेका छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment