खगेन्द्र पराजुली,
२० जेठ, नवलपुर ।
आज मंगलवार नेपालमा २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेमा २ सय ७० जना पुरुष र १८ जना महिला छन् ।
योसँगै अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराईरहेकामध्ये ४५ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा ४५ जना संक्रमणमुक्त भएसँगै हालसम्म कुल २ सय ६६ जनालाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जननसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले बताउनुभयो ।
नेपालमा कोरोना संक्रमण पुष्टि भएका ८ जनाको ज्यान गएको छ ।
हालसम्म नेपालका ७७ जिल्लामध्ये ६१ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको छ ।
आज अहिलेसम्म संक्रमण नपुगेको जिल्ला पर्वत र प्युठानमा संक्रमित भेटिएका छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment