Tuesday, June 2, 2020


खगेन्द्र पराजुली, 
२० जेठ, नवलपुर ।

नवलपुरका एक जना किशोरमा कोरोना पोजेटिभ देखिएको छ । नवलपुरको बुलिङटार गाउँपालिकाका १६ बर्षका किशोरमा संक्रमण रहेको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. बिकास देबकोटाले पुष्टि गर्नुभयो । 

ती संक्रमित ब्यक्ति भारतवाट केहीदिन अगाडी कपिलबस्तुको क्वारेन्टाईनमा बसी आएको खुलेको छ । 

यी संक्रमितको परिक्षण काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको हो । यो नमूना कपिलबस्तुको क्वारेन्टाईनमा बस्दा पठाईएको खुलेको छ । 

संक्रमित बुलिङटारकै क्वारेन्टाईनमा छन् । उनलाई भरतपुर लैजाने तयारी छ । 

थप अपडेट बिज्ञप्ति मार्फत् जिल्ला स्वास्थ्य कार्यालयले केही बेरमा प्रकाशित गर्ने जनाएको छ ।    

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *