खगेन्द्र पराजुली,
२० जेठ, नवलपुर ।
भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा परिक्षणका लागी पठाईएका नवलपुरका १० जनाको स्वाव परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
हिजो सोमबार बिनयी त्रिबेणीबाट संकलन गरी पठाईएका स्वाव नमूनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
यो सँगै नवलपुरका ४ सय १२ स्वाव नमूनाको नतिजा प्राप्त भएको छ ।
परिक्षण सम्पन्न भई रिपोर्ट आएकामध्ये नवलपुरका १० जनामा संक्रमण पुष्टि भएको हो भने एकजना निको भएकी छन् ।
नवलपुरका देबचुलीका ५ जना, कावासोतीका २ जना, बिनयी–त्रिबेणीका २ जना र बुलिङटारका भारतवाटै आएका १ जनामा संक्रमण देखिएको हो ।
यस्तै, आज मंगलवार नवलपुरको हुप्सेकोटबाट ४५ जनाको, बौदीकालीबाट ६४ जनाको र बुलिङटारबाट २३ जनाको गरी जम्मा १ सय ३२ जनाको स्वाव संकलन गरी परीक्षणका लागी पोखरा पठाईएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment