Wednesday, June 3, 2020


खगेन्द्र पराजुली, 
२१ जेठ,  नवलपुर । 

नवलपुरको कावासोतीबाट नेपाल मध्यबिन्दु मिडिया हाउस प्रा.लि. अन्तर्गत सञ्चालित सामर्थ्य   एफ एम ले आफ्नो सञ्चारगृहका सञ्चारकर्मी पत्रकार तथा कर्मचारीको कोरोना बिमा गरिदिएको छ । 

कोरोनाका कारण बिश्व जगत नै प्रभाबित भएको अवस्थामा नेपालमा समेत बिभिन्न सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरु रिपोर्टिङका क्रममा संक्रमित भएको परिस्थितिमा नवलपुरको कावासोतीमा रहेको सामर्थ्य  एफएमले आफ्ना सबै कर्मचारीको कोरोना बिमा गरेको हो । 

रेडियोका प्रबन्ध निर्देशक सागर पोख्रेलले यो महामारीको अवस्थामा अग्रपक्तिमा खटिएर जोखिम मोलेरै पनि सत्य, तथ्य र बिश्वसनीय खवर सम्प्रेषणमा निरन्तर खटिएका रेडियोका समाचार शाखा र प्राबिधिक क्षेत्रका सबै कर्मचारीको कोरोना बिमा गरिएको बताउनुभयो । 

वहाँले सिद्धार्थ ईन्स्योरेन्स कम्पनीमा बिमा गरिएको बताउनुभयो । प्रबन्ध निर्देशक पोख्रेलले रेडियो सामथ्र्यले आफ्ना कर्मचारीको स्वास्थ्यलाई ख्याल गर्दै सम्भावित जोेखिमको अवस्स्था आईहालेमा राहत हुने उदेश्यले बिमा गरिएको बताउनुभयो ।  

नवलपुरका सञ्चार क्षेत्रमा क्रियाशील करीव १ दर्जन रेडियो र टेलिभिजनमध्ये सामर्थ्य एफएमले कर्मचारीको कोरोना बिमा गरेको छ । 

यसअघि, कावासोतीबाट निस्कने पत्रिका नमूना सन्देश साप्ताहिकले आफ्ना कर्मचारीको कोरोना बिमा गरिसकेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *