Wednesday, June 3, 2020


खगेन्द्र पराजुली, 
२१ जेठ, नवलपुर ।

आज बुधवार नेपालमा २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ७९ जना पुरुष र २२ जना महिला छन् ।

योसँगै आजसम्म नेपालमा कुल संक्रमितको संख्या २ हजार  ३ सय पुगेको छ ।

आज पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराईरहेकामध्ये १२ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १२जना संक्रमणमुक्त भएसँगै कुल २ सय ७८ जनालाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले बताउनुभयो ।

आज दोलखाका ७६ बर्षका एक संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।


हालसम्म नेपालका ७७ जिल्लामध्ये ६४ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको छ ।


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *