खगेन्द्र पराजुली,
२२ जेठ, नवलपुर ।
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा मात्रै संक्रमित हुनेको संख्या ५४ पुगेको छ भने । ४ जना निको भएका छन् ।
आज बिहीवार प्रदेश स्वास्थय निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ अद्यावधिक बिज्ञप्तिमा बाग्लुङ, पर्वत, स्याङजा र म्याग्दीमा १६ जना नयाँ कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ ।
आज पुष्टि हुनेमा बागलुङ निसीखोलाका १ महिला र २ जना पुरुष, वडीगाडका ४ जना पुरुष र गल्कोटका ३ जना पुरुष, पर्बत फलेबासका २ जना पुरुष र बिहादी स्थायी घर भइ कुष्माको क्वारेन्टाईनमा बसेका २ जना पुरुष, स्याङ्जा कालीगण्डकीका १ किशोर र म्याग्दी मंगलाका १ किशोर छन् ।
हालसम्म बागलुङका १८ जना, स्याङ्जाका १३ जना, नवलपुरका १० जना, पर्वतका ९ जना, म्याग्दीका २ जना लमजुङका १ जना र तनहुँका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ७ रहेको छ ।
संक्रमित मध्ये बागलुङका २ जना महिला, नवलपुरका १ जना महिला र लमजुङका १ बालक सहित ४ जना संक्रमणमुक्त भई घर फर्किसकेका छन् ।
निर्देशनालयले भने अहिलेसम्म गण्डकीमा ३ जना मात्रै निको भएको तथ्याङ्क अद्यावधिक गरेको छ ।
गत जेठ ६ गते संक्रमण पुष्टि भई उपचार पश्चात १२ औं दिनमा जेठ १७ गते काठमाण्डौबाट डिस्चार्ज भएकी नवलपुरकी एक महिला हुन् । प्रदेशले ती महिलालाई संक्रमितको तथ्याङमा पछि थप गरेको थियो तर संक्रमणमुक्त भएको ५ दिन बढी हुँदा पनि तथ्याङकमा भने अद्यावधिक गरेको छैन ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment